महादेव सामुदायिक संस्था साविक कुडारी गाविस वढा नं ९ र हाल तिला गाँउपालिका वडानं ५ स्थित डुग्री गाँउमा अवस्थित एक समुह हो । यस समुहमा ४२ घर परिबार आबद्ध रहेका छन । यस गाँउ तिला गाँउपालिकाको एकदमै दुर्गम र टाढामा रहेको बस्तिी हो । यस गाँउमा रावत जात एवं क्षेत्रीहरु मात्र बसोबास गर्दे आईरहेको छन । सन् २०१६मा सर्बेदय नेपाल अन्र्तगत महिला शसक्तिकरण तथा जिविमोपार्जन सुधार कार्यक्रम अन्र्तगत पुरै गाँउलाई समेटेर महादेव सामुदायिक संस्थाको स्थापना भएको थियो ।

जब सर्बेदय नेपाल जूम्लाले समुह गठन गरयो र महिलाका समस्याहरुको विषय छलफल र पहिचान गर्दा सबै भन्दा पहिलो समस्या भनेको खानेपानीको देखियो । जिल्ला खानेपानीले यसको १० बर्ष पहिले २ वटा धाराका लागि रिर्जभर टेकं बनाई शुचारु गरिदिएको पाईयो । उक्त टेकंीको मर्मत संभार नभएका कारण जिर्ण भई चुहुने भई र विभिन्न ठाउनमा टुटफुट भई उक्त खानेपानी बन्द अवस्था थियो । जब समुहको बैठकमा खानेपानी मर्मतको माग आई सकेपछी त्यसको अवस्थाको अनुगमन गर्दा, महिलाहरु प्रकृतिक मुलको पानी खाईरहेको, त्यसमापनी कम्तिमा १ घण्टा टाढा हिनेर ल्याउनु पर्ने बाध्यता देखियो ।
सर्बोदय नेपाल अन्र्तगत महिलाको समस्यालाई मध्यनजर गरी उक्त खानेपानीलाई मर्मत गरी एक प्लाटिकको रिर्जभर टेंक र २ वटा धारा मर्मतका लागि रु ५९१००। समुदायको श्रमदान र रु ५५०००। परियोजनाबाट गरी रु ११४१००।को लागतमा उक्त गाँउमा खानेपानी निमार्णका लागि सहयोग भएको थियो । जब खानेपानी निमार्ण भई शुचारुभयो उक्त गाँउका महिलाहरुको १ घण्टा टाढा गई पानी ल्याउनु पर्ने दुख हटयो । महिलाहरुको उक्त समय बचत भई अफु सरसफाई हुने, बालबालिकालाई सरसफाई गर्ने र समुह बैठकमा पनी मन लगायर बस्ने र धेरै समय दिन सक्ने भएको समुहकी सदस्य माग्ली रावत ले बताईन ।
यदी समुह भएपछी एवं सबै समुदायका व्यक्तिहरु संगठित भई लागि परेको खण्डमा सानो रकमले पनी ठुलो काम गर्न सकिदो रहेछ तथा यदी समुहले आँटेको खण्डमा ठुलै रकमको आवश्यकता पर्देरहेनछ सानैले पनी धेरै गर्न सकिने रहेछ भन्ने सिकाई समुदायका महिलाहरुमा परेको देखिन्छ । जले गर्दा आगामि दिनमा यस्ता कार्य गर्न थप जागरुक समुदाय बनेका छन । साथै यस खानेपानी मर्मत तथा संचालनमा सहयोग गर्ने संस्थाहरु सर्बोदय नेपाल, एफ.आर.एल र सामाजिक परिचालक कमला गिरीलाई धन्यबादका साथै आगामि दिनहरुमा पनी यस्तौ महिलाका समस्या न्युनिकरण गर्नमा थप सहयोग गरिदिनका लागि आग्रह गरेका छन ।
जयसरा सिंह
सामाजिक परिचलक
तिला गाँउपालिका