महिला सधै चुलो चौकोमा मात्रै सिमित हुन् । उनीहरुले घरधन्दा मेलापात मात्रै गर्नु पर्दछ भन्ने पुुरुषबादी सोच, गरिब मानसिकताले भरिएको हाम्रो समाजमा लैगिक समानताका बारेमा वकालत गर्नु त्यति सहज थिएन । महिलालाई सधै उत्पादशील स्रोतका रुपमा हेरिने हाम्रा पुरातन सोच विचारमा फेरबदल गर्न निकै मुस्किल पनि थियो । जुम्लाका सयौ महिलादिन दिन घरधन्दा मेलापात गर्दै वित्यो । तर अहिले पनि घरको कामकाजै दिनहरु बित्छ ।
तर विगतको भन्दा फरक शैलीले वित्ने गरेको पाइएको छ । एक सफल उदाहरण छन् तिला गाउँपालिका ४ की ४१ व्र्षिया धनलक्ष्मी धिताल ।६ जनाको परिवारमा घरधन्दा खाना पकाउने खुवाउने गर्दै दिन विताउने धिताल हिजो आज महिला सशक्तिकरणकी एक अभियान्ता बनेकी छन् । सर्वोदय नेपालले गाउँमा गठन गरेको शिवदेव महिला समुहमा आबद्ध भएपछि उनको दैनिकीनै परिवर्तन भएको छ । उनी पहिला कतै सभा सम्मेलनमा जाँदा बोल्न पनि डराउँछीन् ।
आफुना केहि कुरा राख्न त परै जावस आफ्नो सामान्य परिचय दिन पनि आनेकाने गर्ने धनलक्ष्मी धिताल अहिले कुनै पनि कार्यक्रम हुँदा अघि सरेर बोल्छन् । महिला धेरै बोल्नु हुदैन, भन्ने मानसिकता भएको समाजलाई पुरुष सह्र महिलाको अधिकार पनि उत्तिकै छ । भन्ने कुरा शिवदेव समुहबाट सिकाए पछि सबै पुरुष दाजुभाईहरु पनि महिला शसक्तिकरणको सबालमा गम्भीर देखिएका छन् । धनलक्ष्मी जस्तै सयौ महिलाहरु हिजो आज शसक्त हुदै गएका छन् । समुहमा प्रत्यक महिनाको बैठकमा महिलाको शसक्तिकरण, कार्यबोझ घटाउने लैगिंक समानताका बारेमा छलफल गर्ने गरेपछि झनै शसक्त भएका छन् ।
पहिला चुलो चौकोमा सिमित महिलाहरु सर्वोदय नेपालको चेतनाले गर्दा हरेक विषयमा गाउँका महिला निकै जागरुक भएका छन् । समुहमा दिइएको विऊभिजनबाट तरकारी खेती गरी, गाईबाख्रा पालन गरी मासिक रुपमा २५ देखि ३० हजार सम्म कमाई समेत गर्दै आएकी छन् । भने छोराछोरीको पढाई देखि घरखर्च पनि सम्हालेकी छन् । भने घरको दैनिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच बृद्धि भएको छ । जीविकोपार्जनका लागि सुधार परियोजनाबाट आबश्यक प्राविधिक तथा सैदान्तीक सहयोग प्राप्त भएपछि धनलक्ष्मी जस्तै सयौ महिलाको जीवनस्तरमा सुधार हुदै आएको छ । भने मुलत : आफ्ना अधिकार कर्तव्यका बारेमा सजक र आफुभित्रका पिडा सजिलै भन्न सक्ने भएका छन् ।