समाजमा हुने घरेलु हिंसा, लैगिंक हिंसा, लगायतका विभेद हुुनुमा शिक्षा, चेतनाको अभाव सबैभन्दा ठुलो बाधक हुन् । घरमा पुरुषले हैकम चालउने महिला दासी भन्ने, सधै कामकाजमा पिल्सीने दैनिकीबाट बाट हाम्रा महिला दिदि बहिनीका दिनचर्या चल्दै आएका छन् । जुम्लामा चेतनाकै अभावका कारण आफु माथि हुने हिंसा विरुद्ध आवाज उठाउन डराउने, न्यायीक ढोका ढकढकाउने सम्म पहुँच नभएका कारण पनि महिलाहरु सानो होस या ठुलो हिंसाको शिकार हुन बाध्य हुन्छन् । समयको विकास संगै चेतनाको विकासले पनि महिला शसक्तिकरणका कार्यक्रमहरुले घरेलु हिंसा निवारणमा स्वयम सक्रिय भएका छन् । महिला समुह, एकताको माध्यमबाट आफु माथि हुने घरेलु हिंसा विरुद्ध आवाज उठाउन थालेपछि केहि हदसम्म भएपनि घरेलु हिंसा निवाबरण हुदै आएको छ ।

तिला गाउँपालिका ३ स्थित सार्कीबाडा महिला समुह सर्वोदय नेपालले गठन गरेको समुह हो । त्यहा सबै दलित महिलाहरु आबद्ध छन् । मासिक बैठक बस्ने, विभिन्न विषयमा छलफल गर्दछन् । जसको कारण पछिल्लो समय समुह मार्फत वकालत गर्न थालेपछि घरेलु हिंसा न्युनिकरण हुदै गएकोे छ । तिला गाउँपालिका ३ निवासी सार्कीबाडा महिला समुहमा आद्ध महिला २६ वर्षिय पुतली सार्कीको घरमा ९ जना सदस्यको परिवार छ । उनका श्रीमान मलेसिया गएको २८ महिना भयो । घरमा भएका सासु सशुराले नन्द जेठानीले आर्थिक भौतिक तथा सामाजिक रुपमा यातना दिन्थे । यो कुरा सार्कीबाडा महिला समुहमा पुग्यो । पुतली समुहकी एक सदस्य हुँदा पनि डरले भनिनन् । तर कुरा समुहमा पुगेपछि समुहका सबै सदस्यहरुले पुतलीका परिवारलाई परामर्श गरिन । निरन्तरको सल्लाह सुझाब तथा परामर्शले गर्दा पुतली र पुलतीका परिवारको सम्बन्ध आजभोली समधुर बन्दै गएको छ ।
पुतली एक उदाहरण मात्र हुन् । महिला समुह मार्फत धेरैका पिडा सुल्झीएका छन् । भने धेरैको घरमा मिलाम समेत भएको छ । आफ्ना फिडा मनमै राखेर गुुम्साउने ग्रामिण क्षेत्रका महिलाल सर्वोदय नेपालबाट पाएको चेतना, समुहमा गरिएको आत्मनिर्भरको छलफलको उपलब्धी स्वरुप नै महिलाहरु स्वयम घरेलु हिंसा निवारमा जुटेका छन् । विगतको महिलाका दिनचर्या र आजभोलीकोमा धेरै फरक भएको पाईन्छ । एकहात महिला हरु अझै पनि हिंसामा हुनसक्छन् तर अनुपातमा अधिंकाश महिला सचेत भईसकेका छन् । त्यसैले पनि सर्वोदय नेपालले महिला शसक्तिकरणका लागि गरेको काम गठन गरेको समुहले विगतको अबस्थालाई फेरबदल गरी महिलाहरुलाई आफ्ना अधिकारका विषयमा वकालत गर्न सक्ने बनाएको छ ।