छाउपडी घोषणाले दिएको खुसी

पातारासी गाउापालिका वडा नं. ५ निवासी उजेली बुढाको परिवार लगायत त्यहाका १ सय ८६ घरधुरी अहिले निकै खुसी छन् । सर्वोदय नेपालन जुम्लाको सहजीकरणमा कार्यक्रम लागु भएपछि महिला सशक्तिकरण, जिविकोपार्जन लगायतका क्षेत्रमा दैनिक बहस हुन थाल्यो । जसले गर्दा महिलालाई चेतनशील बनायो । जसका कारण उक्त गाउँमा गठिन विष्णु सामुदायिक महिला समुह, गुराँस र भगवती महिला समुह गठन गरी विभिन्न विषयमा छलफल चलएको थियो । जसका कारण केहि वर्षमा माथि लोर्पा गाउँलाई छाउपढीगोठ गाँउ मुक्त घोषणा समेत गर्यौ । पहिला महिनावारी हुँदा गोठमा बस्ने महिला आजभोली घरमा बस्छन् । माथि ल्होर्पाका १ सय ८६ घरधुरीका महिला दिदि बहिनीहरु छाउपढी घोषणाबाट खुसी मिलेको स्थानीय महिला उजेली बुढाले बताईन् । सर्वोदय नेपालको चेतनाले गर्दा महिनावारी हुँदा गोठमा बस्ने पुरा ती दिनहरु आजभोली कथा जस्तै हुन थालेका छन् ।

chaupadi

समुहमा आद्ध महिलाहरु हिजो आज पनि गाउँमा अन्य महिलाहरुलाई महिनावारी हुँदा गोठमा बस्नु हुदैन् भनेर सबैलाई सम्झाउँदै बुझाउदै हिड्नछन् । दशौ वर्ष महिनावारी हँुँदा हिलो माटो, गाई, गोवर नभनी गोठमा बस्दै पिडा कष्ट सहदै आएका महिला आजभोली सरसफाई गरी घरमै बस्ने वाताबरण सृजना भएपछि निकै खुसी छन् । त्यो वाताबरण भनेको सर्वोदय नेपालले सृजना गरेको हो । गोठमा बसेका कारण पाठेघरा क्यान्सर हुने, निकै जोखिम हुने कुरा सिकाउदै महिलाहरुलाई सिकाउदै गएका छन् । विभिन्न रोगको शिकार हुनु पर्ने, किरा फटयांग्राको डर बलात्कार हुने डर अब छैन् । बुझ्दै गएपछि सर्वोदयको पहलमा छाउपढी घोषणा भएका गाउँका पुरुषहरु पनि आजभोली महिनावारी हुँदा गोठमा बस्नु हुदैन भन्ने बुझि सकेको पातारासी ४ की राममाया बुढाको भनाई छ । घरका सासु ससुरा, श्रीमानले महिनावारीका बेला स्वास्थ्य सुरक्षाक विषयमा विशेष चासो देखाउदै महिलाहरु निकै खुसी हुन्छन् । महिलाहरुको स्वास्थ्यमा समेत सुधार हुदै आएको छ । भने पोषिला खानेकुुराहरु पनि खादै, आफ्नो स्वास्थ्य प्रति महिलाहरु सेचत हुन थालेका छन् ।

त्यसैगरी छाउपढी घोषणापछि सबै भन्दा नमुना गाउँ बनेको छ पातारासीको तलि ल्होर्पा गाउँ । ५० वर्षिया जौकला बुढाले भनिन, पहिला गोठमा बस्थ्यौ, महिनावारी हुँदा पोसिला खान्नथेउ, महिनावारी हुँदा ग्रह्रो भारी बोक्ने, काम गर्ने गथ्र्यौ, जसका कारण महिलाको स्वास्थ्य कमजोर हुदै जाने रहेछ । भने पाठेघरमा क्यान्सर समेत हुने देखियो । तर सर्वोदय नेपालले आफ्नो कार्यमक्रम संचालन गरेपछि महिलाको स्वास्थ्य सुधार देखि जीविकोपार्जनमा समेत सुधार हुदै आएको छ । भने छाउपढी घोषणा पछिको नमुना गाउँ बन्न सफल भएको पातारासीको तल्लो लोर्पा गाउँ । सर्वोदय नेपालले तलि लोर्पामा काम गरेको ७ वर्ष भयो ।

स्थानीय संगको छलफल तथा बहसले गर्दा छोटो समयमा राम्रो उपलब्धी गरेको छ । तल्लो लोर्पा गाउँलाई २०७४ सालमा छाउपढी घोषणा गरिएको थियो । त्यसपश्चात महिला महिनावारी हुँदा छाउगोठमा बस्ने महिलाको दिनचर्या बदलिदै आएको छ । सामाजिक विकृतिका रुपमा रहेको महिनावरी बार्ने अन्धविश्वासलाइ न्यउुनिकरण गर्न सर्वोदय नेपालले जुम्लाका विभिन्न बस्तीमा काम गरेको छ । समुहमा बसेर महिलाहरुले अन्य महिलालाई सिकाउदै बुझाउदै ७ दिन सम्म गोठमा बस्नेलाई पनि हलिे घरमा बसाल्न सफल भएका छन् । भने, धामी झाक्रिलाई पनि बुझाउदै आएका छन् ।