चुलाकोट स्वास्थ्य चौकी, साविकको कुडारी गाविस हाल (तिला गाँउपालिका वडा नं ५) स्थित एक स्वासथ्य ईकाई हो । भौगोलिक हिसाबले तिला गाँउपालिका एकदमै विकट मानिन्छ । त्यसमा पनी अन्य गाँउपालिकाको तुलनामा जनसंख्या पनी निकै बढी रहेकोछ । भौगोलिक विकटता र जनसंख्या बृद्धीका कारण यस गाँउपालिकामा नेपाल सरकार अन्र्तगत दिईने सेवा सुविधाहरु, स्वास्थ्य, शिक्षा,खानेपानी लगायतको अभाव त्यतिकै देखिन्छ । जनसंख्या बढदो अवस्थामा रहेको यस गाँउपालिकामा सिमित श्रोत साधनकाकारण, गाँउपालिकाको सबै क्षेत्र,बर्गमा स्वास्थ्यको सहज पहुँच देखिदैन । त्यसैले वडापालिकाको पहलमा यस गाँउपालिका अन्र्तगत वडानं ५ अन्र्तगतका गाँउका भद्रभलादमी, नेतृत्व गर्ने व्यक्तिको पहलमा चुलाकोटमा स्वास्थ्य ईकाई बनाउने निर्णय भयो ।
वडापालिकाको सिमित श्रोत साधानले स्वास्थ्य इकाईको ४ वटा कोठा भएको दुईतले सामान्य खालको कच्चि घर निमार्ण गरियो । जुन भवन निमार्ण गर्न १बर्ष ६ महिना लागेको थियो किनकी पैसाको अभावमा आधा वडापालिकाको रकम र आधा समुदायको जनश्रमदान गरेर उक्त भवन सम्पन्न भएको वडा अध्यक्ष कालि बहादुर शाही बताउनु हुन्छ । जेनतेन गरेर उक्त भवन त निमाण भयो तर स्वास्थ्य एकाई संचालनका लागि आवश्यक समाग्री,पुर्वाधारहरु(खानेपानी, टवाईलेट र स्वास्थ्य सामग्रीको समस्या त्यतिकै परिरहेको थियो ।
२०७५ सालमा सन् २०१६ मा सर्बेदय नेपालले मण्डदेव सामुदायिक संस्था गठन गरी समुहको बैठकमा स्वास्थ्य सम्बन्धी छलफलका गर्ने क्रममा सर्बेदय नेपाल अन्र्तगत केही स्वास्थ्य सम्बन्धि सहयोग गर्न सकिने भन्ने समुहका सदस्यहरुले थाहा पाएपछी, एक समुहकी सदस्य उक्त निर्मित स्वास्थ्य ईकाईकी व्यबस्थापन समितिमा पनी रहेछन र उनले उक्त कुरा स्वास्थ्य ईकाई व्यबस्थापन समितिमा कुरा राखेपछी समुहका सदस्यहरुले उक्त भवनमा टवाईलेट, र खानेपानीको अति आवश्य भएपछी त्यसको लागि समुहको निणर्य अनुसार सहयोगका लागि सर्बेदय नेपालमा माग पठाएका थिए ।
सर्बेैदय नेपालले पनी उक्त मागको आवश्यक छानविन तथा स्तरिकरण गरेर उक्त ईकाईको अनुगमन गरी लागत तयार गरी सहयोग गर्ने निर्ण भएको थियो । उक्त स्वास्थ्य इृकाइलाई सर्बेदय नेपाल अन्र्तगत शौचालय र खानेपानी जडानको लागी भनेर रु ५००००। र जनश्रमदान भनेर रु २५०००। गरी जम्मा ७५०००। बराबरको सहयोग उक्त स्वास्थ्य ईकाइृका लागि गरेको थियो ।
उक्त चुलाकोट स्वास्थ ईकाईमा कार्यरत १ जना अनमी र १ जना सि.एम.ए रामशोभा शाहीको भनाई अनुसार एउटा स्वास्थ्य चौकीमा नभईनहुने सरसफाई तथा खानेपाननिको लागि पानी र स्वच्छताको लागि शौचालय नभए स्वास्थ्य चौकीको औचित्य नै नभएको र जुन सर्बेदय नेपालबाट उक्त व्यबस्थापनका लगि भएको सहयोगले ठुलो राहत भएको बताईन ।
जसले गर्दा विमारीलाई सरसफाई, स्वास्थ्यचौकीको सरसफाई लगायतका क्षेत्रमा ठुलो योगदान पुरयाएको देखिन्छ । सानो सहयोगले पनी यस तिला गाँउपालिका अन्र्तगत चुलाकोट, ढिमकोट, थापागाँउ, खोलाीगाँउ र डुग्री गाँउका २६० घर परिबालाई स्वास्थ्य सेवा लिनका लागि थप सहयोग मिलेकोछ ।
हेर्दा सानो सहयोग भएपनी यसले समुदायमा ठुलो प्रभावपारेको र यो सहयोग गर्ने संस्था सर्वोदय नेपाल,र्इूटालियन फाउन्डेसन नेपाललाई वडानं ५का वडाध्यक्ष कालि बहादुर शाही लगायत समुहका सदस्यले धेरै धन्यबाद दिएको छन ।
जयसरा सिंह
सामाजिक परिचलक
तिला गाँउपालिका