गोरीकला नेपाली तिला गाउँपालिका २ मा बस्ने ग्रामिण महिला हुन् । ग्राणिम क्षेत्रमा स्वास्थ्य भन्दा बढि काममा नै समय दिने चासो दिने गरिन्छ । आठ घण्टा आराम आठ घण्टा काम र आठ घटा मनोरञ्जन भनेर विश्व श्रम संगठनले पनि समय छुटाएको छ । तर घरायसी रुपमा यो समय लागु नहोला तर पनि कम्तीमा स्वास्थ्यको ख्याल, काम संग संगै आराम त पक्कै पनि सबैका लागि अनिवार्य छ । जुम्ला लगायत कर्णालीक महिलाहरुमा कार्यबोझ तथा स्वास्थ्यमा ख्याल नदिएकै कारण पाठेघरको समस्या हुने गरेको छ ।
त्यस्तै समस्याबाट पिडित दिईन तिला गाउँपालिका २ की गोरीकला नेपाली । उनलाई तल्लो पेट दुख्ने र पाठेघरमा पिडा हुने समस्या पैदा भयो । भने झण्डै तीन पटक त उनको पाठेघर बाहिर पनि निस्कीयो । परिवारको डरले त्यो कुरा बाहिर भनिन, भनौ भने आर्थिक समस्याका कारण पनि आफ्नो पिडामा मलम नलाग्नेमा उनि ढुक्क थिईन् । भनौ समधान नहुने डर, नभनौ पिडा पोलिरहेको छ । दिनप्रतिदिन कमजोर हुदै गएपछि टिक्क नसकेर उनी आफ्नी साथीलाई भनिन, महिला स्वास्थ्य स्वयम सेविका संग सल्लाह पनि लिईन् । सर्वोदय नेपालले पनि पाठेघर सम्बन्धी काम गर्छ, शिविर मर्फत भन्ने सुनेकी थिईन् ।
तर समुहमा भने आबद्ध थिईनन् । महिला स्वास्थ्य स्वययम सेविकाका माध्यमबाट लिहि गाउँमा गठन भएको लिलहि गाउँ दलित वाडा महिला समुहमा २०७५ साल माघ १८ गतेबाट समुहमा आबद्ध भईन् । गोरीकलाले समुहमा आफ्ना पिडाहरु खुलेर राखिन् । भने सर्वोदय नेपालका कर्मचारीहरु संग पनि आफ्ना पिडा सुनाईन् । त्यसको केहि समय पछि सर्वोदय नेपालले रारालिहिमा पाठेघरको समस्या पत्ता लगाउन शिविरको आयोजना गर्यो । गाउँमा पाठेघरको समस्या पत्ता लगाउन शिविर चलाउने कुरा सुन्दा गोरीकला नेपाली त मेरै लागि मात्र यो कायक्रम संचालन भएको होला जस्तो गरी खुसी हुदै आईन् ।
तर आफ्नो समस्या निको हुने वा नहुने उनलाई कुनै थाहा थिएन् । तर उनको भाग्यमै लेखेको रहेछ । शिविरमा उनलाई प्रथामिकता दिएर उपचार गर्दा उनको पाठेघर सडिसकेको रहेछ । डाक्टरको टोलीले सडेको भागलाई काटेर फालिदियो । र औषधी खान र आरामका लागि सुझाब दियो । अहिले उनी निकै खुसी छन् । स्वास्थ्य भएर आफ्नो जीवनदान दिएको भन्दै सर्वोदय नेपाललाई भगवान स्रहनै ठान्छन् । यस्ता समस्याबाट जुम्लाका धेरै महिलालाई सर्वोदय नेपालले मुक्ति दिएको छ ।