पातारासी गाउँपालिका ४ नम्बर वडा डिल्लीचौर निवासी राममाया बुढा एक सामान्य परिवारकी बुहारी हुन् । शिक्षा तथा चेतनाकै अभावले काम संगै स्वास्थ्य सुरक्षा तथा आरामको ख्याल गर्दैनन् जुम्लाका महिला । घरको आर्थिक अबस्था निकै कमजोर हुँदा राममाया बुढा जस्तै यहाँका सयौ महिलाहरु विभिन्न समस्याबाट ग्रसित छन् । त्यस्तै समस्या बाट पिडित थिईन् पातारासीकी राममाया बुढा । उनको पाठेघरमा समस्या थियो । तर पनि आर्थिक सामाजिक तथा पारिवारिक कारणले गर्दा आफ्ना पिडा कसैलाई भनिन । तर भित्र भित्रै उनी आफ्नो पाठेघरको समस्या बाट निकै पिडित हुदै गएकी थिईन् । उनलाई प्रोत्साहन तथा आबश्यक सहयोगको आबश्यकता थियो । जीन्दगीबाटै उदेग मानेकी राममायालाई २०७५ सालमा सर्वोदय नेपालको सहयोगमा उनको पाठेघरको समस्या समधान भयो । कार्यबोझ तथा स्वास्थयको ख्याल संगै आरामको कमीका कारण उनको पाठेघरमा समस्या भएको थियो । उपचार ढिला हुँदा उनको पाठेघरमा मासु पलाईसकेको थियो । उनले सबै डर मानेर भनेकी थिईनन् । अन्ततः उनको पाठेघरको अप्रेशन गरी उनलाई नयाँ जीवन दिइएको हो । परिवारले वास्ता नगरेकै कारण निकै स्वास्थ्य समस्या झेलिरहेकी राममायालाई जीवन दिएको हो । तर २०७५ सालमा सर्वोदय नेपालले आफ्नो महिला शक्तिकरणको कार्यक्रम लागु गरेपछि उनको जीवनमा खुसी आएको फिल्ड सहजकर्ता रेविका सुनार बताउँछन् । उनका अनुसार अहिले परिवारले पनि सबै कुरा बुझेका छन् । राममायाको परिवार मात्र होईन पातारासी क्षेत्रका सयौ महिलाहरु आजभोली काम संगै स्वास्थ्यमा पनि ख्याल गर्ने गरेका छन् । भने कार्यबोझ न्युनिकरण पनि हुदै गएको छ ।
त्यसका साथै, पातारासी गाउँपालिका ५ की सरिता भण्डारीको पिडा पनि उस्तै थियो । सर्वोदय नेपालको सहजीकरणमा विभिन्न कार्यक्रम भईरहेको धानचौर सामुदायिक संस्थाकी सदस्य समेत रहेकी सरिता भण्डारी, चेतनाको अभावले डरले आफ्नो पिडा लुकाई सासु ससुरा श्रीमानको दासी थिईन् । तर समुहका नियमित छलफल तथा बहस गर्दै आएपछि उनको पाठेघरको समस्या समधान भएको छ । जसले गर्दा उनको जीवनमा जीउने खुसी फर्किएको छ । सर्केनी नेपाली अध्यक्ष रहेकी धानचौर सामुदायिक संस्था तथा सर्वोदय नेपालको सहयोग समन्वयनमा सरिता भण्डारीको समस्या समधान भयो ।
जसले गर्दा महिले सरिता निकै खुसी छन् । त्यसका साथै घरेलु हिंसा समेत न्युनिकरण हुदै गएको छ । भने सरिता जस्तै सयौ महिलाले महिला भएकै कारण सहनु पर्ने पिडाबाट मुक्ती पाउदै गएका छन् । पहिला आफ्नो व्यक्तिगत स्वास्थ्य समस्या भोग्दै पनि पारिवारिक पिडा भोगिरहेकी थिईन् । तर चेतनाको विकास संगै उनको परिवार पनि अहिले नमुन बनेको छ ।