बाख्रापालने पुरा भयो सपना तारा परियारको

तारा परियार ४० बर्षकी एक महिला हुन । उनि तिला गाँउपालिकावडा नं २ लिही गाँउमा बस्नु हुन्छ । उनी सामान्य आधारभुत साक्षर मात्र हुनुहुन्छ । उनका श्रीमान नेपालको शसस्त्र द्धन्द्धको समयमा आर्मिको गोली लागी मारिएका थिए । त्यो समयमा उनी ३० बर्षको हुनहुन्थ्यो । उनका २ वटा छोरा रहेका छन । उनको श्रीमान एक श्रमिक हुन अर्काको ज्याला मजदुरी गरी कमाएर घरपरिबार बाल बच्चा पाल्ने गर्दथे । जब उनको श्रमिान शसस्त्र द्धन्द्धको समयमा मारिए पछी उनको घर व्यबहारमा निकै असर परो । जिविकोपार्जनमा, छोराहरुलाई अध्यापन गराउन र अफुलाई काम खोज्न निकै समस्या भयो ।

२ रोपनी पाखो र १ रोपनी जति सिंचित जग्गा भएको उनको कृषि उत्पादनबाट १ महिना पनी खान नपुग्ने गरेको परियारको भनाईछ । जब उनको परिबारलाई जोहो गर्न समस्या भएपछी उनका माईती(आमाको घर) बाट उनलाइर्् खानको लागि अन्न दिईयो जसले उनलाई ५ महिना सम्म पुग्यो र उनले यता उता काम खोज्न थालिन, उनले पछी नजिकका छिमेकीको मलबोक्ने र ज्यालमजदुरी गर्न थालिन विगत ८ बर्षदेखी शोही तरिकारलो जिविकोपार्जन गर्दे आईरहको तारा परियार जब २०१९मा सर्बेदय नेपाल जुम्ला अन्र्तगत महिला शसक्तिकरण तथा जिविकोपार्जन सुधार कार्यक्रम अन्र्तगत गरिब, एकल महिला र विपन्न बर्गलाई आर्थिक आय आर्जन कार्यक्रम अनुरुप उक्त तारा परियारलाई २ वटा बाख्रा पालनका लागि छनोटमा परिन ।

तारा परियारको भनाई अनुसार उनी पहिला देखी नै बाख्रा व्यबसाय गर्ने उनको सोच र विचार भएपनी उनीमा लगानी गर्ने क्षमता नभएका कारण उनको त्यो सपना अधुरो रहको हाल सर्बेदय नेपालले आप्नो सपना तथा सोच पुरा गरिदिएको उनको भनाईछ । १ बर्षको अन्तरालमा आफुले निकै मेहेनगरी पालन पोषण गरी हाल उनिसंग ५ वटा बाख्रा भए पनी १ वटा रु १२०००मा विक्र गरीन भने १ वटा बाख्राको बच्चा नजिकका समुहका सदस्यलाई उपहार स्वपरुप प्रर्दान गरिएको उनको भनाईछ । हाल उनि संग् ३ वटा बाख्रा रहेका छन जसले उनको सम्पती गाँउघरको मु्ल्य अनुसार रु ६५०००। सम्म भएको र अवका दिनमा यसलाई अझ प्रभावकारी रुपमा संचालन गर्ने बढि भन्दा बढि उत्पादन गर्ने आशा छ यसले आगामी दिनमा आप्नो छोराहरुलाई अध्यापन गर्न गराउन निकै सहज हुनेछ । यसका लागी सहयोग गर्ने संस्था ईटालियन फाउन्डेसन,सर्बेादय नेपाल र सामाजिक परिचालिक जैसरी सिंहलाई धन्यबाद दिएकी छन ।

जैसरी सिंह
सामाजिक परिचालन
तिला जुम्ला