पातारासी गाउँपालिका ४ लुम गाउँमा ३ सय ८० वटा घरधुरी छन् । दुई तीन वर्ष पहिलेको कुरा महिला पुरुष बीच हुने विभेद त्यहा धेरै थियो । महिला सधै चुलो चौकोमा मात्रै सिमित हुने । र पुरुष दाजुभाई सधै हैकुम चलाउने प्रबृत्ति हाबी थियो । तर सर्वोदय नेपाल जुम्लाको सहजीकरणमा लुम गाउँमा महिला शसक्तिकरण लगायत जीविकोपार्जन सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम गरेपछि लुम गाउँ अहिले लैगिंक समानतामा नमुना गाउँ बनेको छ ।
पहिला महिला सधै काममा पुरुष बिना काम घुम्ने अबस्थाबाट अहिले त्यहाका महिलाहरुले मुक्ती पाएका छन् । त्यहाँ सर्वोदय नेपालको पाँच वटा सामुदायिक संस्थाहरु छन् । भने, पाँच सामुदायिक संस्थाका ५ जना लैगिंक सहजकर्ताले समुहमा झण्डै ३ सय ८० जना समुहका महिला पुरुष सदस्यहरुलाई लैगिक समानताका बारेमा सिकाएपछि लुम गाउँमा महिला पुरुष बराबर हुन भन्ने सोचको विकास भएको हो ।
घर तथा बाहिरको काम गर्दा महिला पुरुषले बराबर रुपमा गर्नु पर्छ, भने, सम्मान कामको सम्मान ज्याला पाउनु पर्छ, ु भन्ने सोचको विकास पनि भएको छ । जसले गर्दा आजभोली लुम गाउँ लैगिांक समानतामा नमुना बनेको हो । पातारासी गाउँपालिका भरी रहेका विभिन्न समुहहरुले लैगिंक समानताका बारेमा गाउँगाउँमा सचेतना दिदै आएको सर्वोदयकी सहजकर्ता रेविका सुनारले बताईन ।
साथै, आफना केहि कुरा राख्न त परै जावस आफ्नो सामान्य परिचय दिन पनि आनेकान िगर्ने पातारासी गाउँपालिका ५ तली लोर्पामा महिला हरु पनि आजभोली चेतनशील हुदै गएका छन् । तलि लोर्पा गाउँमा १ सय घरधुरी छन् । त्यहा सर्वोदय नेपालको सहयोगमा सुर्यमुखी सामुदायिक संस्था गठन गरी सहजीकरण गर्दै आएपछि लैगिंक हिंसा गर्नु हुदै महिला पुरुष पनि बराबर हौ भन्ने कुराको विकास भएको छ । जसका कारण तली लोर्पा पनि लैगिंक समानता कायम हुदै गएको छ ।
समुहमा प्रत्येक महिनाको बैठकमा महिलाको शसक्तिकरण, कार्यबोझ घटाउने लैगिंक समानताका बारेमा छलफल गर्ने गरेपछि झनै शसक्त भएका छन् । पहिला चुलो चौकोमा सिमित महिलाहरु सर्वोदय नेपालको चेतनाले गर्दा हरेक विषयमा गाउँका महिला निकै जागरुक भएका छन् । समुहमा आबद्ध महिला मात्र होईन तली लोर्पा गाउँका आम नागरिक तथा समुदायहरु ल्ैगिंक समानताका लागि वकालत गर्दै अघि बढेका छन् । सर्वोदय नेपालले सहजीकरण गरी कार्यक्रम संचालन गरेपछि पुरातनबादी सोचको न्युनिकरण संगै नया समाज निर्माणका लागि जोड दिएको भन्दै त्यहा स्थानीयले खुसी व्यक्त गरेका छन् ।