सरसफाई र पोषणमा सुधार

पातारासी गाउँपालिका २ नम्बर वडा तल्फीमा झण्डै १ सय ४० घरधुरी छन् । सर्वोदय नेपाललको सहजीकरणले त्यहाले सयौ स्थानीयले पोषण तथा सरसफाईका बारेमा धेरै कुरा सिक्ने अबसर पाएका छन् । जसका कारण पछिल्ल्लो समय त्यहाको पोषण तथा स्वास्थ्य अबस्थामा सुधार हुदै आएको छ । त्यहा गठन भएको हिमाली सामुदायिक संस्थामा मासिक रुपमा बसेर विभिन्न विषयमा छलफल बहस गर्ने, विशेषगरी दुर्गमका महिलाहरु पोषणा तथा स्वास्थ्य सुरक्षा सरसफाइकै कारण विरामी हुन्छन् । त्यसका लागि सर्वोदय नेपालको जीविको पार्जन परियोजनाले विउभिजन वितरण गरेर आयआर्जन संगै तरकारी खाने समेत चेतना दिएको छ । भने व्यक्तिगत देखि पारिवारिक तथा वाताबरणिय सरसफाईमा पनि विशेष जेड दिएको छ । घर आगन,करेशा बारी, बाटो धाटो, घर आँगन कुनै पनी सफा सुगर र नमिलेका थिए । चर्पीको प्रयोग राम्रो संग भएको थिएन । अधिंकाश घरमा चर्पीनै निर्माण भएको थिएन । जुठा भाडा उपयुक्त व्यवस्थापन नगरेको तथा खानेकुराहरु पनि राम्रो संगले नछोपेको पाईथ्यो । काँचा फलफुल खाने, गर्दथे भने, तरकारी नपखालेरै खाने बानी थियो । पोसिलो खाने कुराको अभाव, सरसफाईको कमी, बालबिवाह लगायत कारणले गर्दा मातृशिशु मृत्युदर धेरै हुने गर्दथ्यो ।

sarsafae ra posan sudhar

जिविको पार्जन तथा जनचेतना सम्बन्धी सुन्दर समुह गठन पशचात भने आजभोली सरसफाईमा महिला सचेत भएका छन् । खानपान देखि महिनावारी बार्ने, खाना छापेर खाने, भाडाकुडा व्यवस्थापन गर्ने र अनिवार्य शौचालयमा मात्रै दिशा पिसाब गर्ने बानीको विकास भएको छ । चर्पी गईसकेपछि सानुपानीले हात धुने वानी पनि परेका छन् । त्यस्तै पातारासी २ तल्फी गाउँ पनि सरसफाईमा नमुना गाउँ बनेको छ । झण्डै ५० घरधुरी रहेको उक्त गाउँ अहिले निकै सफा छ । पहिला जतातै निकै फोहोर देखिने उक्त तल्फी गाउँ अहिले पातारासी हिमाल नजिकको एक अआर्कषण गाउँका रप्मा चिनिदै गएको छ । हिमाली सामुदायिक संस्था मार्फत विभिन्न चेतनाको कार्यक्रम संचालन गर्दै, जिविकोपार्जन तथा पोषणका कार्यक्रम संचालन गर्दै आएपछि यस्तो परिवर्तन देखिएको हो । घरका बृद्ध देखि बालबालिका तथा सबै युवा युवतीहरु पनि पोषण तथा सरसफाईका बारेमा निकै सचेत हुदै गएका छन् । खानपानमा ध्यान नदिने महिलाहरु हिजो आज गेडागुडि, माछामासु, झोलिला चिज खाने कुरामा विशेष सजक भएका छन् । भने महिलाहरुलाई गर्भवती तथा सुत्केरी भएको अबस्थामा समेत पुरुषहरुले सघाउदै आएका छन् । पहिला कुपोषणमा पर्ने त्यहाँका बृद्ध, बालबालिका तथा महिलाहरुको स्वास्थ्य, सरसफाई तथा पोषणमा सुधार हुदै आएको छ । अबस्था हिजो आज सुधार हदै आएको छ ।