सामुहिक घट्टले बढायो महिलाको निद्रा

साविक तालिउम गाविस हाल चन्दनाथ नगरपालिका वडा नं १० स्थित जातिभिड गाँउ, चन्दनाथ नगरपालिकाको सबैभन्दा टाढा र विकट गाँउ मानिन्छ । उक्त गाँउमा ब्रामण, क्षेत्री र दलित समुदाको बसोबास रहेकोछ । क्षेत्री र दलित जातीको बाहुल्यता भएको उक्त गाँउ मिश्रीत गाँउको रुपमा पनी चिनिन्छ । उक्त गाँउमा पानीको मुहानहरु पनी अन्यका तुलनामा निकै कम देखिन्छ । पानीको मुहान कम भएका कारण खेतीपातीमा पनी त्यतीकै समस्या देखिन्छ । ३६७ घरधुरी भएको उक्त गाँउमा कुटानी पिसानीको कुनै उपाय नभएर त्यहाँका महिलाहरुलाई पिठो पिस्नका लागि १।२ दिन लगाएर नजिकको गाँउभनीने, हाँकु, तातोपानी,लाम्रामा जानुपर्ने बाध्यता थियो ।

samuhik ghatta

हाँकु, लाम्रा र तातोपानीमा पिठो पिस्न एक्लैजान सम्भव थिएन जसले गर्दा ५,७,१० जनाको समुहबनाएर जाने गरेको समुहकी सदस्य हरिकला भण्डारी बताउछन, एक पटक पिसानी गर्न जाँदा २ दिन १ रातको समय खर्चनु प्रर्दथ्यो, जसले गर्दा, राती राती बस्नु पर्दा निदाउन नपाई स्वास्थय एकदमै विग्रने, बिमारीहुने,धुलोले गर्दा खोकी,ज्वरो लगायत आउने, २दिनको समय खर्चदा, बालबालिकालाई खानपान तथा स्याहार्न समस्या हुन्थ्यो भने पुरुषहरुबाट हुने हिंसाको त्यतिकै डर पनी हुन्थ्यो,त्यसका बाबजुत पनी कती महिलाहरु हिंसा भित्र पनी परिसकेको समुहकी सदस्य गोईली भण्डारी बताउछन ।

जब सन् २०१० मा भेरी बाताबरणिय विशिष्टता समुह वि ग्रुपले महिलाहरुलाई जम्मा गरी सुर्यमुखी सामुदायिक संस्था गठन गरी विभिन्न बिषयहरु,कामकोबोझ हटाउने, सरसफाई,आय आर्जनका विषयमा समुह छलफल मार्फत जानकारी भयो । त्यस्तै महिलाको कार्यबोझ न्युनिकरण गर्न, आधुनिक घट्ट पनी सहयोग गर्न सकिने कुरा सामाजिक परिचालक र लैगिंक सहजकर्ता मार्फत २०१३ मा थाहा पाएपछी अब यसका लागि समुहलेनै नेतृत्व गर्नु पर्छ भनेर समुहका अध्यक्ष श्री सुरत बहादुर भण्डारीको नेतृत्वमा निमार्ण गर्ने भनी विग्रुपको कार्यालयमा माग गरियो ।

शोही अनुसार उक्त आधुनिक घट्टको माग पश्चात कार्यालयले पनी अनुगमन र मुल्याँकन गरी सामुहिक घट्ट निमार्णका लागि सहयोग भयो जसमा वि ग्रुप अन्र्तगन घट्ट निमार्णका लागि रु ४०००००। र समुदायको तर्फबाट रु ५५००० जन श्रमदान गरी जम्मा ९५०००० हजारमा उक्त घट्ट निमार्ण गरियो । जब घट्ट निमार्ण भईसकेपछी संचालनमा आयो गाँउका समुहका सदस्य लगायत ५० प्रतिशत महिलाहरु अन्य गाँउमा पिसानीको लागी जान रोकिए । जब समुहका सदस्यहरु पिसानीको लागि बाहिर गाँउ जान रोकिए पछी महिलाहरुमा रात्री बस्नपनी छुटो, २ दिन समयपनी खर्चनु परेको छैन । राती नबसेकाले स्वास्थ्य पनी गडबड नभएको एबै सुधार भएकोछ । समुहको बैठकमा बस्न, छलफल गर्न पनी नछुटेको समुहकी कोषाध्यक्ष रामदेवी भण्डारी बताउछन ।

हाल आएर उक्त सामुहिक घट्टको मर्मत सम्भार पनी समुहका सदस्यलेनै गर्नेगरेको र घट्टबाट उठेको पिठो बेचेर एवं बचत गरेर मर्मत गर्ने व्यक्तिलाई पारिश्रमिक दिने र सामाग्री गरिद गर्ने गरेको समुहका अध्यक्ष सुुुरत बहादुर भण्डारी बताउछन । यस सामुहक घट्टका कारण गाँउमा अन्य व्यक्तिहरु पनी मिलेर एक अर्को घट्टपनी निमार्ण गरेको र जसले गर्दा पुरैगाँउलाई सेवा लिन सहज भएको छ । यसको शुरुवात गरिदिनका लागि वि ग्रुप र सहयोगी संस्था ईटालिन फाउन्डेसन एवं एफ. आर.एल लाई धेरै धरै धन्यबाद दिएकाछन ।

तिर्थराज खत्री
सामाजिक परिचलक
तातोपानी गाँउपालिका