विगतको भन्दा घरेलु हिंसा तुलानात्मक हिसाबले कम हुदै गएको छ । चेतनाको स्तर बृद्धि भए संगै गाउैघरमा घरेलु हिंसा कम हुदै गएको छ । भने महिला भएकै हुनाले भोग्नु पर्ने पिडाहरु पनि कम हुदै गएको छ । पातारासी गाउँपालिका ५ की ४८ वर्षिय दिँपा बुढा पहिले आफै घरेलु हिंसाबाट पिडित थिईन् । तर पछि सर्वोदय नेपालले गठनको समुहमा आबद्ध भएर बुझ्दै गएपछि आजभोली घरघरमा गएर घरेलु हिंसा न्युनिकरणका लागि वकालत गर्दै गएकी छन्् । गाउँमा कुनै महिलालाई समस्या आयो पिडित भईन् भने सामुहिक रुपलेनै वकालत गर्दै महिलाहरु अघि बढेका छन् ।
सासु ससुरा, श्रीमानबाट पिडित महिलालाई न्याय दिन माथिलोर्पा गाउँमा त्यहाको महिला समुहले महत्वपुर्ण भुमिका खेलेको छ । भने आर्थिक, भौतिक तथा नैतिक दबाब दिएर महिलालाई यातना दिने प्रचलन आजभोली विस्तारै हट्दै गएको छ । गाउँमा समुह मार्फत घरेलु हिंसा कम हुदै गएपछि पिडित महिलाले न्यायको महसुश गर्दै आएका छन् । भने अहिले घरेलु हिंसा नहुने नमुना गाउँका रुपमा माथि लोर्पा गाउँ चिनिदै गएको छ । त्यस्तै घरेलु हिंसाबाट छुटकरा पाउँदा न्याय पाउँदा पातारासी गाउँपालिका ५ की लक्ष्मी बुढाको जीवनमा खुसी छाएको छ । जाड रक्सी खाएर सधै यातना दिने उनका श्रीमान आजभोली असाध्दै माया गर्दछन् ।
अशिक्षाकै कारणले समाजमा घरेलु हिंसाका घटनाहरु घटेको हामीले देखेका छौ । चेतनाकै अभावले पहिला पिडा खेप्दै यतना दिदै आएका लक्ष्मी बुढाका श्रीमान आजभोली श्रमिातीको निकै सम्मान पनि गर्छन् । सर्वोदय नेपालको समुह गाउँमा गठन गएर लक्ष्मी बुढालाई मात्र हैन, त्यहाँका सयौ महिलालाई घरेलु हिंसा न्युनिकरण भएर खुसी मिलेको छ । ढिलो चाडो चेतनाको विकास संगै समाजले आफ्नो काँचुली फेर्दै अघि बढेको पाईन्छ । विशेषगरी गाउँमा हुने अन्धविश्वास कुरितिलाई न्युनिकरण गर्नका लागि समुह तथा सहजकर्ताहरुको महत्वपुर्ण भुमिका छ ।